नियम
कोषबाट बेहोरिने खर्च

(१) कर्मचारी तथा अवकाश प्राप्त व्यक्तिको हित हुने गरी देहायको कार्यको लागि देहाय बमोजिमो रकम कोषबाट उपलब्ध गराइनेछ :–

(क) कर्मचारी, अवकाश प्राप्त व्यक्ति वा निजको परिवारका सदस्यलाई कडा रोग लागी उपचार गराउँदा निजामती सेवा ऐन, २०४९ तथा निजामती सेवा नियमावली, २०५० अनुसार प्राप्त हुने रकमले नपुग भएमा मेडिकल बोर्डको सिफारिस बमोजिम उपचार गराउँदा
लागेको खर्चमध्ये बढीमा पाँच लाख रुपैयाँसम्म,
(ख) कर्मचारी, अवकाश प्राप्त व्यक्ति वा निजको परिवारका सदस्य कुनै दुर्घटनामा परी अङ्गभङ्ग भएमा उपचार वापत बढीमा एक लाख
रुपैयाँसम्म,
(ग) प्राकृतिक प्रकोप वा विपत्तिका कारण कर्मचारी वा अवकाश प्राप्त व्यक्तिको घरवासको क्षति भएमा क्षतिको आधारमा बढीमा पाँच
लाख रुपैयाँसम्म,
(घ) कर्मचारी, अवकाश प्राप्त व्यक्ति वा निजको परिवारको सदस्यको मृत्यु भएमा काजकिरिया खर्च बापत सञ्चालक समितिले तोके बमोजिमको रकमसम्म,
(ङ) सञ्चालक समितिले पहिचान गरेको अन्य क्षेत्रमा सञ्चालक समितिले तोके बमोजिमको रकमसम्म ।
(२) उपनियम (१) बमोजिम खर्च भएको रकम सम्बन्धी विवरण सञ्चालक समितिले प्रत्येक छ महिनामा सार्वजनिक गर्नु पर्नेछ ।
(३) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि कोषमा रकम पर्याप्त रहेको अवस्थामा सञ्चालक समितिले उपनियम (१) बमोजिम दिइने रकम बढाउन सक्नेछ ।